सोमबार, भदौ ८, २०८३

गण्डकीका युवामन्त्री दीपक मनाङेले दिए राजीनामा

उनले मुख्यमन्त्री नै पदमुक्त भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उल्लेख गरेका छन्। 'मुख्यमन्त्रीको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भई मुख्यमन्त्री पदमुक्त समेत भइसकेको अवस्थामा मन्त्रीका रूपमा काम गरिरहनु नैतिक सम्मत नहुने हुँदा गण्डी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,' राजीनामा पत्रमा उल्लेख छ। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

पोखरा- गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएका छन्। बिहीबार मन्त्री मनाङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा बुझाएका हुन्। 

उनले मुख्यमन्त्री नै पदमुक्त भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उल्लेख गरेका छन्। 'मुख्यमन्त्रीको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भई मुख्यमन्त्री पदमुक्त समेत भइसकेको अवस्थामा मन्त्रीका रूपमा काम गरिरहनु नैतिकता सम्मत नहुने हुँदा गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,' राजीनामा पत्रमा उल्लेख छ। 

बिहीबार आफू प्रदेशसभामा अनुपस्थित हुनुको कारण पनि मनाङेले राजीनामा पत्रमा खुलाएका छन्। 'पछिल्ला घटनाक्रमले प्रदेश सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्ने स्थित भएको हुँदा जनताको विश्वासको थलो संसद्लाई जीवित राख्नु जनताप्रति उत्तरदायी जनप्रतिनिधिको नैतिक उत्तरदायित्व हो,' मनाङले दिएको राजीनामापत्रमा उल्लेख छ, 'त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले मुख्यमन्त्रीले प्रदेश सभामा राख्नुभएको विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेस भएको दिनमा अनुपस्थित भएको हुँ।'

बिहीबारै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका थिए। मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत खसेको थियो। गण्डकीमा सरकार चलाउनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ। विश्वासको मतदान गर्ने दिनमा मुख्यमन्त्री गुरुङकै मन्त्रिपरिषद्का सदस्य मनाङे मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए।

यसअघि नै मनाङले आफू प्रदेश सभा विघटनको पक्षमा नरहेको संकेत गरेका थिए। उनले आफू जता बहुमत पुग्छ त्यतै लाग्ने तर प्रदेश सभा विघटन हुन नदिन भूमिका खेल्ने बताएका थिए। 

यसैबीच मुख्यमन्त्री गुरुङले मन्त्री मनाङेलाई पदमुक्त गरिएको जानकारी प्रदेश प्रमुखलाई गराइसकेका छन्। उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैसँग राखेका छन्। 

गत प्रदेश सभा निर्वाचनमा मनाङबाट उनी एमालेको समर्थनमा स्वतन्त्र सांसद्का रूपमा विजयी भएका थिए। सांसद बनेपछि उनी एमाले प्रवेश गरेका थिए। 

No description available.

प्रकाशित: Jun 10, 2021| 18:09 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।