सोमबार, भदौ ८, २०८३

८ मन्त्रीले लिए शपथ

नयाँ  कार्यविभाजनअनुसार  खगराज अधिकारी गृहमन्त्री बनेका छन् भने राजकिशोर यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिइएको छ भने ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकासमन्त्री भएकी छन्। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संघीय सरकारमा ७ जना मन्त्रीलाई शपथग्रहण गराएकी छन्। बिहीबार साँझ राष्ट्रपति निवासमा उनले ७ मन्त्रीहरूलाई शपथग्रहण गराएकी हुन्। 

नयाँ  कार्यविभाजनअनुसार  खगराज अधिकारी गृहमन्त्री बनेका छन् भने राजकिशोर यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिइएको छ भने ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकासमन्त्री भएकी छन्। 

गत प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुलाई हराएका नारदमुनि राना वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाए। गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनको कार्यभार सम्हाल्नेछन् भने मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री नियुक्त गरिएको छ। 

यस्तै सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले थप एक जना राज्यमन्त्रीलाई पनि शपथग्रहण गराएका छन्। वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकी आशाकुमारी विकलाई ओलीले शपथग्रहण गराएका हुन्। 

प्रकाशित: Jun 10, 2021| 15:34 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।