सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चद्वारा एमाले महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार

सर्वोच्चद्वारा एमाले महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार

ओलीले फागुन २८ गते आफूपक्षीय नेताको बैठक राखी महाधिवेशन आयोजक समिति बनाएका थिए। ओली पक्षीय नेता केन्द्रीय सदस्यहरुको बैठकबाट चैत ७ गते उक्त समितिलाई अनुमोदन गरिएको थियो।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले वैधानिकता दिन अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई वैधानिकता दिन अस्वीकार गरेको हो।

प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै सर्वोच्चले यस्तो आदेश दिएको हो। 

ओलीले फागुन २८ गते आफूपक्षीय नेताको बैठक राखी महाधिवेशन आयोजक समिति बनाएका थिए। ओली पक्षीय नेता केन्द्रीय सदस्यहरुको बैठकबाट चैत ७ गते उक्त समितिलाई अनुमोदन गरिएको थियो।

योसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले माग गरेजस्तै २ जेठ २०७५ कै अवस्थामा फर्किनुपर्ने भएको छ।

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित: Jun 10, 2021| 15:19 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।