सोमबार, भदौ ८, २०८३

हतियार र लागुऔषधको कारोबारमा संलग्न तीन जना पक्राउ

प्रहरीले हतियार र लागुऔषध कारोबारमा संलग्न गिरोहका तीन जनालाई बिहीबार पक्राउ गरेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

विराटनगर- प्रहरीले हतियार र लागुऔषध कारोबारमा संलग्न गिरोहका तीन जनालाई बिहीबार पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनालले जानकारी दिए।

सुरुमा प्रहरीले धमला र भट्टराईलाई पक्राउ गरेको थियो। उनीहरुले दिएको सूचनाका आधारमा मियाँ पक्राउ परेका हुन्। धमला र भट्टराई सवार रहेको प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेनजिक बिहीबार बिहान ६ः१५ बजेतिर दुर्घटनामा परेको थियो। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको मोटरसाइकलले पैदल हिँडिरहेका दुई किशोर र एक वृद्ध पुरुषसहित तीन जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धमला र भट्राईसहित पैदलयात्री बेलबारी–११ का १६ वर्षीय प्रीतम राई, १५ वर्षीय सन्देश दास र काने पोखरी गाउँपालिका–७ का ६५ वर्षीय दिलकुमार योगी गरेर पाँच जना घाइते भए।

उनीहरुलाई उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। धमला र भट्टराईको अवस्था सामान्य छ। अरुलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको छ। 

दुर्घटनामा परेर घाइते भएकामध्ये मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागुऔषध फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार झोलाबाट लागुऔषध ८९२ पिस नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद भएको थियो। 

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। 

प्रकाशित: Jun 10, 2021| 14:16 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।