सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती सरकारले कोरोनाबाट बाबुआमा गुमाएका बच्चालाई मासिक ३ हजार दिने

बागमती सरकारले कोरोनाबाट बाबुआमा गुमाएका बच्चालाई मासिक ३ हजार दिने

कोरोनाबाट आमाबाबु गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले मासिक ३ हजार रुपैयाँ उपलव्ध गराउने भएको छ। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- कोरोनाबाट आमाबाबु गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले मासिक ३ हजार रुपैयाँ उपलव्ध गराउने भएको छ। 

सो प्रदेशले कोभिड –१९ का कारण बाबु–आमा गुमाएका बच्चाहरुलाई शैक्षिक भत्ता स्वरुप सो रकम प्रदान गर्ने जनाएको हो।

प्रदेशसभामा बागमती प्रदेशको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले यस्तो घोषणा गरेका हुन्।

कोभिड प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान र पुनःभरण कोष ल्याइने र सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

यसैगरी, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई समाधान गर्न उद्यमशीलता प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताइएको छ।

प्रकाशित: Jun 10, 2021| 13:03 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।