सोमबार, भदौ ८, २०८३

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो।

सरकारले अध्यादेशमार्फत् नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेको थियो। त्यसविरुद्ध वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्कीलगायत कानुन व्यवसायीहरुले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाइ गर्दै कारण देखाउ आदेश पनि गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेसँगै अध्यादेश रोकिने भएको छ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको हो।

प्रकाशित: Jun 10, 2021| 11:49 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।