शुक्रबार, कात्तिक १४, २०८२

भारत अध्ययन विशेष शैक्षिक मेला आयोजना हुने 

अफेयर्स एक्जिविटर्स एण्ड मिडिया प्रालिले आयोजना गर्ने स्टडी ईन ईन्डिया भर्चुअल एक्स्पो २०२१ शुक्रबारदेखि मंगलबार ५ दिनसम्म सञ्चालन हुने भएको छ। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- अफेयर्स एक्जिविटर्स एण्ड मिडिया प्रालिले आयोजना गर्ने स्टडी ईन ईन्डिया भर्चुअल एक्स्पो २०२१ शुक्रबारदेखि मंगलबार ५ दिनसम्म सञ्चालन हुने भएको छ। 

Kumaribank

एक्स्पोले भारतको शैक्षिक प्रणाली, त्यहाँका विश्वविद्यालयको भौतिक शैक्षिक वातावरण, छात्रवृत्ति, होस्टलको विषयमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग नेपाली विद्यार्थीले जानकारी लिन सक्ने आयोजकले जनाएको छ। 

एक्सपोमा भारतका ४० भन्दा बढी विश्वविद्यालयमा अध्यापन हुने २०० भन्दा बढी कोर्सको बारेमा विद्यार्थीले जानकारी लिन सक्नेछन्। मेलामा सहभागी विद्यार्थीलाई उनीहरुको क्षमता हेरेर कलेज र विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पनि उपलव्ध हुने आयोजकले जनाएको छ।

बिहान साढे ९ बजेदेखि बेलुका साढे ६ बजेसम्म सञ्चालन हुने मेलामा सहभागी हुन विद्यार्थीले स्टडी इन इन्डिया एक्पो डटकममा गएर आफ्नो नाम रजिस्टर गर्न सक्नेछन्।

प्रकाशित: Jun 10, 2021| 11:45 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्