सोमबार, भदौ ८, २०८३

असार १ गतेदेखि दुई महिना मेलम्चीको पानी नआउने

मेलम्ची खानेपानी विकास समितिले आगामी असार १ गतेदेखि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले आगामी असार १ गतेदेखि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।

समितिले बिहीबार सूचना जारी गर्दै करिब २ महिनाका लागि पानी वितरण गर्न नसकिने जानकारी गराएको हो। मेलम्चीको सुरुङ खाली गरी निरिक्षण गर्ने र पुनःभरण गर्ने कार्य सुरु गर्न लागेकाले करिब २ महिना नआउने सूचनामा उल्लेख गरिएको छ।

‘सुरुङ खाली गर्न १६ दिन लाग्ने छ’ समितिले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ, ‘बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गरी पुनः पानी भर्न लाग्ने छ।’

उक्त कार्य अन्तिम चरणको भएकाले जतिसक्दो चाँडो सम्पन्न गरी पानी पथान्तरणलाई नियमित गर्न हरतरहले प्रयास गर्न समिति प्रतिबद्ध रहेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Jun 10, 2021| 11:33 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।