सुर्खेत- अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ७ पाल्तडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
बिहान ८ बजेदेखि राजमार्ग अवरुद्ध भएको दैलेख प्रहरीले जनाएको छ। ‘बिहानदेखि पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ’ दैलेखका डीएसपी अनुप श्रेष्ठले भने, ‘पहिरो पन्छाउने प्रयास गरेका छौँ तर पानी नरोकिएका कारण अवरोध हटाउन सकिएको छैन।’
दिनभर सडक अवरुद्ध हुँदा अत्यावश्यक सवारी साधानलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ। सडक खुलाउन चामुण्डाविद्रासैनी नगरपालिका र सडक डिभिजन कार्यालय सुर्खेतले प्रयास गरिरहेको श्रेष्ठले जनाए।