सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिलोचन भट्टलाई विश्वासको मत दिने १७ एमाले सांसदलाई ओली पक्षले सोध्यो स्पष्टीकरण

त्रिलोचन भट्टलाई विश्वासको मत दिने १७ एमाले सांसदलाई ओली पक्षले सोध्यो स्पष्टीकरण

जेठ १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसलाई चुनौती दिँदै माधव-झलनाथ पक्षको संसदीय दलको बैठकले उल्टै मन्त्रिपरिषद् नयाँ सांसदलाई मन्त्री बनाएको थियो। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओलीपक्षीय सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका माधव नेपाल-झलनाथ खनाल पक्षका १७ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ। २४ घण्टाको समय दिएर प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले स्पष्टीकरण सोधेका हुन्। 

पार्टीको ह्विप उल्लंघन गर्दै माधव नेपाल पक्षका १७ जना सांसदले नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका भट्टलाई विश्वासको मत दिएका थिए। 

जेठ १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसलाई चुनौती दिँदै माधव-झलनाथ पक्षको संसदीय दलको बैठकले उल्टै मन्त्रिपरिषद् नयाँ सांसदलाई मन्त्री बनाएको थियो। 

सुदूरपश्भिम प्रदेशसभामा एमालेको माधव नेपाल समूहको बहुमत छ। सभामुखबाहेक २४ जना एमाले सांसद रहेको प्रदेशमा माधव समूहका १७ र ओलीका ७ जना छन्।

प्रकाशित: Jun 10, 2021| 11:02 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।