बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा छुट दिने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा छुट दिने

 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं– महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको छ।

कम्पनीले कोरोना संक्रमणको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै बीमितलाई छुट दिने भएको हो।
कम्पनीका अनुसार ३ महिनासम्म बीमालेख व्यतित अवधि भएका बीमितलाई शतप्रतिशत, ३ महिनामाथि ६ महिनासम्म गुजारेका बीमितलाई ७५ प्रतिशत र ६ महिनाभन्दा माथि समय गुजारेका बीमितलाई ५० प्रतिशत छुट दिइने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए।

सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखा खुल्न नसकेको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आएका बीमितलाई यस्तो सुविधा दिइएको हो।

प्रकाशित: Jun 10, 2021| 10:56 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्