बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर निष्कासनअघि १९ प्रतिशत बोनस दिँदै सर्वोत्तम सिमेन्ट

सेयर निष्कासनअघि १९ प्रतिशत बोनस दिँदै सर्वोत्तम सिमेन्ट

 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं– बुक बिल्डिङ विधिमार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टले तयसअघि नै लाभांश वितरण गर्ने भएको छ। 
कम्पनीको गत माघ ६ गते भएको दोस्रो वार्षिक साधारणसभाबाट बुक बिल्डिङमार्फत सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै प्रक्रिया अगाडि बढाएको कम्पनीले चालु आर्थिक वर्षमा नै आईपीओ निष्कासन नहुने भएपछि सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको कम्पनीको प्रक्रियामा ढिलाई हुँदा चालु आर्थिक वर्षमा आईपीओ नआउने भएपछि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ।
 
कम्पनीले असार १० गतेका लागि विशेष साधारणसभा डाकेको छ। कम्पनीले सभामा चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

प्रस्तावित बोनस सेयर पारित भएपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । 
कम्पनीले गत साधारणसभाबाट पारित प्रस्ताव अनुसार आईपीओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक र एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटल सह–बिक्री प्रबन्धकमा नियुक्त गरेर प्रक्रिया अगाडि बढाएको थियो।

कम्पनीले जारी पुँजीको ४ अर्बकोे १५ प्रतिशतले हुन आउने ६० लाख कित्ता साधारण सेयरको बिक्री गर्न लागेको थियो। बोनस सेयर जारी गरेपछि पनि सर्वसाधारणलाई भने ६० लाख कित्ता नै सेयर जारी गर्ने कम्पनीले बताएको छ।
 

प्रकाशित: Jun 10, 2021| 10:55 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्