सोमबार, भदौ ८, २०८३

७ वर्षीय बालकको बोनम्यारो उपचारमा पैसाको अभाव

आर्थिक अभावका कारण छोराको उपचार गर्न नसकेको भन्दै चितवनकी सीता ढकालले सहयोगका लागि अपिल गरेकी छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- आर्थिक अभावका कारण छोराको उपचार गर्न नसकेको भन्दै चितवनकी सीता ढकालले सहयोगका लागि अपिल गरेकी छन्।

माडी नगरपालिका–७ देवेन्द्रपुरकी सीताले सात वर्षीय छोरा युनिक ढकाललाई बोनम्यारो भएकाले उपचारका लागि सहयोग गरिदिन अपिल गरेकी हुन्।

काठमाडौंका अस्पतालले बोनम्यारोको उपचार गर्दा १४-१५ लाख रुपैयाँ लाग्ने बताएपछि उनले छोराको जीवन रक्षाको याचना गरेकी हुन्।

घर परिवारको आर्थिक अवस्था जानुक भएकाले छोराको उपचार खर्च जुटाउन नसकेको सिताको भनाइ छ।
सीताले युनिकको जीवन बचाइदिन भन्दै विभिन्न संघसंस्था तथा सरकारी निकायसमेत गुहारेकी छन्। तर कतैबाट पनि सहयोग उपलब्ध नभएको उनको गुनासो छ। 

उनले सहयोगी मन पाउने आसामा कृषि विकास बैंकमा खाता खोलेर खाता नम्बर सार्वजनिक गरेकी छन्।
उनका अनुसार सीता ढकालको नाममा रहेको खाता नम्बर ०५०८८०१५०२१३६०१ सहयोग गर्न सकिनेछ। साथै उनलाई सम्पर्क गरेर सहयोग गर्न चाहनेले ९८६२५५६८०८ नम्बरमा फोन गर्न सक्नेछन्।

प्रकाशित: Jun 10, 2021| 10:45 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।