बुधबार, असोज १४, २०८३

चैते धानको मूल्य निर्धारण

मन्त्रालयमा सचिव डा. योगेन्द्र कुमार कार्कीले मोटा धानको समर्थन मूल्य २७ सय ३५ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ निर्धारण गरेको जानकारी दिए। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- सरकारले चैते धानको मूल्य निर्धारण गरेको छ। गत १७ गते बसेको मन्त्रिपरिषदको बैठकले चैते धानको मूल्य निर्धारण गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयमा सचिव डा. योगेन्द्र कुमार कार्कीले मोटा धानको समर्थन मूल्य २७ सय ३५ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ निर्धारण गरेको जानकारी दिए। 

‘निर्धारण गरिएको मूल्यमा बिक्री वितरण भएनभएको अनुगमन हुनेछ,’ सचिव कार्कीले भने, ‘निर्धारित मूल्य कडाईका साथ कार्यान्वयन गरिने छ।’

प्रकाशित: Jun 10, 2021| 10:41 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्