सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेससभा सदस्यबाट निलम्बनमा परेकी ज्वाला साह मन्त्री बन्दै

प्रदेससभा सदस्यबाट निलम्बनमा परेकी ज्वाला साह मन्त्री बन्दै

माओवादी केन्द्रले नेकपा एमालेमा लागेको भन्दै प्रदेशसभा सदस्य पदबाट निलम्बनमा परेकी महिला नेत्री ज्वाला साह केन्द्रीय मन्त्री बन्न लागेकी छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

जनकपुरधाम- माओवादी केन्द्रले नेकपा एमालेमा लागेको भन्दै प्रदेशसभा सदस्य पदबाट निलम्बनमा परेकी महिला नेत्री ज्वाला साह केन्द्रीय मन्त्री बन्न लागेकी छन्। प्रदेश २ मा माओवादी केन्द्रले कारबाही गरेकी नेत्री साह नेपाल सरकारको कृषि मन्त्री बन्न लागेकी हुन्।

माओवादी केन्द्र छोडेर एमालेमा लागेकी साहलाई बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गर्न लागेको मन्त्रीमण्डलमा कृषि मन्त्री बनाउन लागिएको हो।

यसअघि माओवादी केन्द्रको केन्द्रीय सदस्य पदको जिम्मेवारी बहन गरिसकेकी साह प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन्। उनी बाराको क्षेत्र नम्बर ३ को (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी थिइन्। 

सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेपछि साह ओलीतिर नै लागेको भन्दै माओवादी केन्द्रले साहसहित चार जना प्रदेशसभा सदस्यलाइ निल्म्बन गरेको थियो।

माओवादीबाट कारबाहीमा परेकी साह अहिले एमालेको प्रदेश २ अध्यक्ष हुन्। उनी नेता प्रभु साह निकटको नेत्री हुन्।

प्रकाशित: Jun 10, 2021| 08:35 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।