काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले आज विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा एमालेको माधव नेपाल समूहमा रहेका गणेश पहाडी पनि समावेश भएका छन्।
ओलीले विश्वासको मत दिने बेला अनुपस्थित रहेका उनी त्यसपछि ओलीसँग निकट भएका थिए। उनैलाई ओलीले सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन लागेका हुन्।
उनी नेपाल खेमामै रहेका नेता योगेश भट्टराईनिकट मानिन्छन्।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने पहाडीले हस्ताक्षर गरेनन्। यसबीचमा पहाडी र नेता भट्टराईले पार्टी महासचिव ईश्वर पोखरेललाई भेटेर पार्टी एकताका लागि आग्रह पनि गरेका थिए।