सोमबार, भदौ ८, २०८३

दीपक मनाङे आज पनि प्रदेशसभामा गयल

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे आजको प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

पोखरा- गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे आजको प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन्।

बुधबार रातिदेखि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई साथ नदिने बताउँदै आएका मनाङे बिहीबार बिहानैदेखि सम्पर्क बिहीन छन्। उनी र उनका स्वकीय सचिव रोनित गुरुङ्को समेत मोवाइल अफ छ। 

मुख्यमन्त्रीले आज सदनबाट विश्वासको मत लिन लागेका बेला उनी सदनमा दोस्रोपटक अनुपस्थित भएका हुन्। यसअघि वैशाख १५ गते नयाँ मुख्यमन्त्री पदमा मतदान हुने दिन पनि उनी सदनमा अनुपस्थित भएका थिए। सो दिन उनीसँगै राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही पनि बिरामी भएर अस्पतालको आईसीयूमा भेटिएका थिए। 

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि बहुमत जुटाउन मनाङेलाई गुरुङ्ले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्री बनाएका थिए। तर, उनी अन्तिम समयमा आएर मुख्यमन्त्रीको कित्ताबाट बाहिरिएका छन्। 

बुधबार राति छोटो प्रतिक्रिया दिँदै उनले प्रदेशसभामा जुन पक्षको ३१ मत पुग्छ उसैलाई समर्थन गर्ने बताएका थिए। प्रदेश सभालाई विघटनको खतराबाट जोगाउन यसो गरेको उनको तर्क थियो।

प्रकाशित: Jun 10, 2021| 07:12 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।