सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राणालाई हराएका राना मन्त्री बन्दै, आरजुले दिएकी थिइन् मन्त्री बनाउने आश्वासन

राणालाई हराएका राना मन्त्री बन्दै, आरजुले दिएकी थिइन् मन्त्री बनाउने आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री थपेर मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री थपेर मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।

थपिने मन्त्रीको सूची तयार भइसकेको र आज नै शपथ हुने बताइएको छ। सात जना मन्त्री र एक राज्यमन्त्री ओली सरमारमा थपिने तय भएको छ। 

गत शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै ११ जना मन्त्री थपेका ओलीले आज पनि मन्त्री थप्न लागेका हुन्। ओलीको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट नारदमुनी राना वनमन्त्री बन्ने भएका छन्। सुदूरपश्चिमकै मन्त्री प्रेम आले हटेपछि सोही मन्त्रालयमा राना आउन लागेका हुन्। 

राना एमालेका तिनै सांसद हुन्, जसले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका थिए। 

कैलाली क्षेत्र नम्बर ५ मा राणालाई रानाले पराजित गरेका थिए। पराजित भएपछि नेतृ राणाले रानालाई मन्त्री बनाउनका लागि पहल गर्ने बताएकी थिइन्। राणाको उक्त अभिव्यक्ति विवादित पनि बनेको थियो। 

नेकपा एमालेबाट चुनाव जितेका रानाले २७ हजार २०२ मत पाएका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी थिइन्। सोही क्षेत्रबाट लडेका टीकापुर काण्डका अभियुक्त राजपाका लक्ष्मण थारुले ६ हजार ४६४ मत पाएका थिए।

प्रकाशित: Jun 10, 2021| 06:51 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।