सोमबार, भदौ ८, २०८३

कोरोनाका कारण अग्रज पत्रकार बाँस्तोलाको निधन

पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोनाका कारण निधन भएको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

पोखरा- पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोनाका कारण निधन भएको छ। ७० वर्षीय बाँस्तोलाको पोखराको रिजनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको बिहीबार बिहान ३ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ। 

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका बाँस्तोलालाई बुधबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उक्त अस्पतालमा भर्ना गरिएको थियो। 

कास्कीको पुरुञ्चौरमा जन्मिएका बाँस्तोला चार दशकदेखि पत्रकारितामा सक्रिय थिए। उनले पोखराको पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरेका थिए। 

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले उनको निधनप्रति शोक व्यक्त गरेको छ। महासचिव गोविन्द सुवेदीले एक शोक विज्ञप्ति प्रकाशित गरी कोरोनाका कारण गण्डकी प्रदेशमा तीन जना पत्रकारले ज्यान गुमाउनुपरेको र १ सय १७ जना संक्रमित रहेको जनाउँदै सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न अपिल गरेका छन्।

प्रकाशित: Jun 10, 2021| 06:46 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।