सोमबार, भदौ ८, २०८३

पत्नीलाई मन्त्री बनाएर बादललाई ओलीको सान्त्वना!

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

हालै मात्र सांसद र मन्त्री दुवै पदबाट मुक्त भएका थापाकी पत्नी नैनकलालाई मन्त्री बनाएर ओलीले सान्त्वना दिन लागेको टिप्पणी कतिपयले गरेका छन्।

नेकपा विभाजनपछि माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि थापाले सांसद पद गुमाएका थिए। जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा उनी डा. खिमलाल देवकोटासँग पराजित भए।

सोही दिन सर्वोच्च अदालतले सांसद पद गइसकेपछि मन्त्रिपरिषद्‍मा नियुक्त गरिनु असंवैधानिक ठहर गर्दै नियुक्ति बदर गरिदिएको थियो। अदालतको फैसलापछि बादल सांसद र मन्त्री दुवै पदविहिन बन्न पुगेका थिए। 

तर, ओलीले नेकपा विभाजन र पहिलो पटक प्रतिनिधिसभा विघटनपछिको कठिन समयमा साथ दिएको बादलको गुन पत्नी नैनकलालाई मन्त्री नियुक्त गरेर तिरेका छन्।  

बादल पत्नी नैनकला यसअघि महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन्।

त्यसैगरी, विस्तारित मन्त्रीमण्डलमा नारदमुनी राना, वनमन्त्री, खगराज अधिकारी, गृहमन्त्री, ज्वालाकुमारी साह, कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक, वन राज्यमन्त्री छन्।

मोहन वानियाँ पनि मन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय भने टुंगो लागेको छैन।

प्रकाशित: Jun 10, 2021| 06:39 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।