काठमाडौं- विश्वकपमा शनिबार नेपाली समय अनुसार दिउँसो ३:४५ बजे रुसको कजानस्थित कजान एरेनामा हुने खेललाई विशेष चासोका साथ हेरिएको छ । कारण हो, सन् १९९८ को विश्वविजेता फ्रान्स र विश्वकपको दाबेदार ठानिएको अस्ट्रेलियाबीचको खेल ।
सन् २०१६ को युरोकपको उपविजेता फ्रान्स समूह सीको पहिलो खेलबाटै विजय यात्रा शुरु गर्ने दाउमा छ भने अस्ट्रेलिया पनि आफूलाई विश्वकपमा सुरक्षित पार्न फ्रान्समाथि विजयी हुने रणनीति अपनाएको छ ।
३२ टिम सहभागी खेलमा फ्रान्सले विश्वकप यात्रा सहजै हात पारेको हो । फ्रान्सले एक मात्र हार बेहोरेर विश्वकपसम्म आइपुगेको हो भने अस्ट्रेलियाले विश्वकपको यात्राका लागि निकै संघर्ष गर्नुपरेको थियो । फ्रान्स अन्तिम १२ मा तीन पटकसम्म पगेको थियो भने सन् १९९८ को विजेता हो ।
फ्रान्सको टिम
फ्रान्सले विश्वकपको पहिलो उपाधि सन् १९९८ मा ब्राजिललाई ३-० गोलअन्तरले पराजित गर्दै हात पारेको थियो ।
फ्रान्स र अस्ट्रेलिया यसअघि चार पटकसम्म आमनेसामन भएका छन् । चारमध्ये एक पटक अस्ट्रेलियाले जित हात पारेकाे छ भने तीन पटक फ्रान्सले जित हात पारेकाे छ । सन् २०१३ को खेलमा ६-० गोल अन्तरले अस्ट्रेलिया पराजित भएको थियो ।
सन् २००२ र २०१० मा समूह चरणबाटै बाहिरिएको फ्रान्स सन् २००६ मा भने अन्तिम खेल गुमाएको थियो ।
गोलकिपरहरू : हुगो लोरिस, स्टिभ मानदान्दा, आल्फोन्स आरेर्ला ।
डिफेन्डरहरू : लुकास हर्मान्डेज, पेसर्नेल किम्पेम्बे, बेन्जामिन मेन्डी, ऐडिल रामी, डिजेब्रिल सिडिबी, स्यामुएल युमिटिटी, र्याफेल भारेनी, लेभिन कुरजवा, बेन्जामिन पर्भाड, एडिल रामी, डिजिब्रिल सिडाइब ।
मिडफिल्डरहरू : एन गोलो कान्टे, ब्यासिसे माटिडी, स्टेभेन एन जोनजी, पल पोग्बा, कोरेटिन टुलिसो, थोमस लेमर
फर्वार्डमा : ओस्माने डेम्बेले, नबिल फेकिर, ओलिभर गिरोउड, एन्टोनी ग्रिजमानन, थोमस लिमार, किल्यन एमबीपाप्प, फ्रोरियन थाउभिन ।
अस्ट्रेलियाको टिम
यसअघि चारपटकको विश्वकपमा सहभागी भएको अस्ट्रेलियाले उत्कृष्ट खेल सन् २००६ मा गरेका मानिन्छ । सन् २००६ मा अस्ट्रेलिया अन्तिम १६ मा पुगेको थियो ।
अस्ट्रेलियाले अहिलेसम्म कुनै पनि विश्वकप उपाधि जितेको छैन । सन् १९७४ मा पहिलो पटक सहभागी भएको अस्ट्रेलिया सन् २००६ यता भने लगातार छनोटमा परेको छ ।
अस्ट्रेलियाले यसपटक निकै मजबुत टिम बनाएको दाबी गरेको छ । सन् २००६ पछिका खेलमा पनि समुह चरणबाटै बाहिरीएको अस्ट्रेलिया यसपटक फ्रान्समाथि बाजी मारेर पेरु र डेनमार्कसँग हाबी हुने र समुह विजेता बन्ने रणनीतिमा छ ।
गोलकिपरहरू : ब्राड जोन्स, म्याट रेयान, ड्यानी जुकोभिक
डिफेन्डरहरू : एजिज बेहिच, मालोस डिजिनेक, थाबी जुरमन, जेम्स मेरेडिथ, जोस रिसडोन, टेरेन्ट सियन्बरी
मिडफिल्डरहरू : ज्याक्सन इभाइन, मिली जिडिनाक, रोबी क्रुसे, मास्मी लुन्गो, मार्क मिलिगन, आरोन मुरे, टम रोगी, टिम काहिल
फर्वाडरहरू : ड्यानिल आर्जनी, टोमी जुरिक, माथबी लेकी, एन्ड्री नाबोएट, डिमिट्री पेट्राटास, जेमी म्याक कालरेन
प्लेयर टु वाच
फरवार्ड पोजिसनमा रहेका एन्टोनी ग्रिजम्यान फ्रान्सका आशातीत खेलाडीको स्थानमा परेका छन् । उनी एथ्लेटीको मोड्रिडमा स्ट्राइकर छन् । ग्रिजमाननको आक्रामक काउन्टर एट्याक फ्रान्सका लागि सबल पक्ष बनेको छ । उनले युरोपा लिगमा मार्सेलीसँगको खेलमा तीनमध्येको दुई गोलकर्ता हुन् । त्यसैगरी १९ वर्षीय खेलाडी कइलियन मब्प्पी पनि मैदान उत्रने अनुमान गरिएको छ । मैब्बीले ग्रिजम्यान र नेयमारको जस्तैगरी बल चलाउने कला सिकेका छन् ।
यस्तै, मिडफिल्डर आरोन मुरे अस्ट्रेलियाका आशावादी खेलाडी हुन् । गत सिजनको प्रिमियर लिगमा चार गोल र तीन पटकको प्ले मेकिङ गरेका उनको शैलीप्रति फ्रान्सले ठूलो अपेक्षा गरेको छ ।
अस्ट्रेलियाका माइल जेइदिनक, टिम चहिल र आरोन मुइको खेलकला माथि ठूलो भरोसा छ । गेमचेन्जर मानिने जेइदिनकको होन्डुरसविरुद्धको ह्याट्रिकले नै अस्ट्रेलियालाई विश्वकप २०१८ को लागि रुस पुर्याएको हो ।
होन्डुरससँगको खेलबाट खुट्टाको चोटका कारण निराश बनेको अस्ट्रेलिया उनी मैदान उत्रने भएपछि निकै उत्साही बनेको छ। आरोन मुइ नयाँपुस्ताका निकै अपेक्षाकृत खेलाडीको रूपमा मानिन्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४