बुटवल- अर्घाखाँचीको भूमिकास्थानमा बिहीबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि भूमिकास्थान-९ तारिकेका ३० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।
भूमिकास्थानको ढिकुराबाट डिर्भनातर्फ जाँदै गरेको लु१च ६१६८ नम्बरको जीप भूमिकास्थान-९ तारिकेमा दुर्घटना हुँदा चालक नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख माधव बुढाथोकीले बताए। उनका अनुसार गाडी बिहानीपख दुर्घटना भएको हुनसक्छ।
खाद्यान्न बोक्ने उक्त गाडी दुर्घटनाग्रस्त भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। तव्रित गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।