धनगढी- सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत हुने भएको छ। दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ।
राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन ढिलाइ गरेको प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो।
संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन। प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।