काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधबार साँझ भेटवार्ता जारी रहेको बताइएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।
प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न सोमबार पनि शीतल निवास गएका थिए। सोमबार राति राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै साढे १ घण्टा लामो छलफल भएको थियो।