सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्रीविरुद्ध प्रहरीमा जाहेरी

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्रीविरुद्ध प्रहरीमा जाहेरी

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। 

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावलले मन्त्री सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलीमा जाहेरी दर्ता गराएका हुन्। 

उनले बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएको बताए। 

जाहेरी दर्तापछि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक बिष्टले बताए। सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख गरेका छन्।

पार्टी सचिवको हैसियतमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउ गएको समयमा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको रावलले बताएका छन्। मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुर्व्यवहार गरेको दाबी गरेको छ। 

मन्त्री सोडारी नेकपा एमालेको नेपाल समूहका नेता हुन् भने रावल ओली समूहका प्रदेश सचिव हुन्।

प्रकाशित: Jun 09, 2021| 14:10 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।