मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले सोध्यो– प्रतिनिधिसभा विघटन गर्नुको कारण के? [आदेशसहित]

सर्वोच्चले सोध्यो– प्रतिनिधिसभा विघटन गर्नुको कारण के? [आदेशसहित]

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सभामुखका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

बुधबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ।

रिट निवेदकले अन्तरिम आदेश माग गरे पनि इजलासले त्यस्तो आदेश भने दिएन। रिट निवेदकमध्ये शेरबहादुर देउवासहितका १४६ जना सांसदको निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुने भएको छ। उक्त रिटको परिणामले अन्य रिट निवेदनलाई प्रभाव पार्ने भन्दै उक्त निवेदनलाई सुरुमा सुनुवाइ गर्ने भएको हो।

प्रकाशित: Jun 09, 2021| 11:33 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।