मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा असार ९ देखि निरन्तर सुनुवाइ, विपक्षीसँग लिखित जवाफ माग

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा असार ९ देखि निरन्तर सुनुवाइ, विपक्षीसँग लिखित जवाफ माग

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ अब असार ९ गतेबाट सुरु हुने भएको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ अब असार ९ गतेबाट सुरु हुने भएको छ।

संवैधानिक इजलासले सुरुमा शेरबहादुर देउवाको मुद्दाको सुनुवाइ गर्ने र त्यसपछि बाँकी रहेका २९ रिटको सुनुवाइ गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब असार ९ गतेबाट सुनुवाइ सुरु गरिने जानकारी दिए। 

न्यायाधीश ईश्वर खतिवडाले अन्तरिम माग गरिएको विषयमा आज भएको बहसको आदेश तयार भएको बताए। ‘अघिको बहसको आदेश तयार छ, अलि लामो छ। बाँकी आदेश प्रक्रियामा रहेकाले समय लाग्छ,’ उनले भने।

प्रधानन्यायाधीश राणाले शेरबहादुर देउवाको मुद्दाको परिणामबाट अरु मुद्दा पनि सम्बन्धित हुने भएकाले एउटा एकातिर अरु मुद्दा २९ वटा एकातिर राखेर सुनुवाइ हुने बताए।  

इजलासले अब १५ दिनपछि नियमित सुनुवाइ गर्ने भएको छ। रिट निवेदकका अनुसार आजको सुनुवाइपछि इजलासले अन्तरिम आदेश दिन तयार नभएको र विपक्षीका नाममा लिखित जवाफ माग गरेको आदेश भएको बताए। यद्यपि इजलासले गरेको आदेश सार्वजनिक भइसकेको छैन। 

शेरबहादुर देउवाको रिटलाई मुल मुद्दा मानेर अरु रिट निवेदन सुनुवाइका लागि निरन्तरता पाउने भएको रिट निवेदक कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए।

प्रकाशित: Jun 09, 2021| 10:01 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।