काठमाडौं- नेपालका लागि होन्डाका मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ३५० सीसीको मोटरसाइकल भित्र्याएको छ। ज्योति ग्रुपअन्तर्गतको ट्रेडिङले भित्र्याएको मोटरसाइकल कम्पनीका अध्यक्ष सौरभ ज्योतिले मंगलबार नेपाली बजारमा भर्चुअल लन्च गरेका हुन्।
सीबी ३५० डीएलएक्स नाम दिइएको होन्डाको उक्त मोटरसाइकल मंगलबार युट्युब भिडियो प्रिमियरमार्फत् लन्च गरिएको हो। नेपाली बजारमा लोकप्रिय होन्डाको नयाँ मोटरसाइकल मोटरसाइकलका सौखिनहरूका लागि विशेष महत्त्वको हुने कम्पनीले बताएको छ।
यो मोटरसाइकल प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रीन मेटालिक र पर्ल नाइट स्टार ब्ल्याक गरी तीन रङमा उपलब्ध हुने स्याकार ट्रेडिङले जानकारी दिएको छ।
लामो र आरामदायी सिट भएको बताइएको यो मोटरसाइकल अगाडि र पछाडिका बत्तिहरू एलइडी प्रविधिका छन्। मोटरसाइकलमा भएको इन्धनले कति दूरी पार गर्न सकिन्छ भन्ने देखाउने इन्डिकेटरसमेत भएको मोटरसाइकलमा स्लपर क्लज डिजिटल मिटरसमेत जडान गरिएको कम्पनीले जानकारी दिएको छ।
नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ७ लाख ५० हजार पर्ने स्याकारले जानकारी दिएको छ।
थप जानकारी तलको भिडियोमा: