काठमाडौं– वीर अस्पतालमा कोभिड–१९ को दोस्रो लहरसँगै स्थगित भएको जनरल ओपीडी सेवा मंगलबारबाट सुरु भएको छ।
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले अबको एक सातामा कोरोनाका सबै बिरामीलाई नयाँ सर्जिकल भवनबाट उपचार गरिने जानकारी दिए।
यसअघि वीरको पुरानो भवनमा ९ वटा आईसीयू सञ्चालन भएकोमा हाल ६ वटा आईसीयू थपिएको छ। नयाँ भवनमा १८ वटा आईसीयू दुई–तीन दिनभित्रैमा सुरु गर्ने तयारी रहेको डा. गौतमले जानकारी दिए।
हाल वीर अस्पतालको नयाँ तथा पुरानो भवनमा गरी जम्मा १५३ जना कोरोना संक्रमित उपचारर छन। त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा पनि आकस्मिक शल्यक्रिया सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जनाकारी दिए। अहिले ट्रमामा कोभिड–१९ का ४० जना बिरामीको उपचार भइरहेको छ।
एक हप्ताभित्रै कोभिड–१९ का सबै बिरामीलाई नयाँ सर्जिकल भवनबाट उपचार गरिने र ‘वीर र राष्ट्रिय ट्रमा सेन्टर दुवैको नियमित सेवा एक हप्ताभित्र सुरु गर्ने गौतमले जानकारी दिए।