मंगलबार, भदौ ९, २०८३

पीएसएलका बाँकी खेल आजबाट, इस्लामावाद र लाहोर भिड्दै

पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत पहिलो लेगको अन्तिम खेलमा आज इस्लामावाद युनाइडेड र लाहोर कलन्दर्स भिड्दैछन्।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत पहिलो लेगको अन्तिम खेलमा आज इस्लामावाद युनाइडेड र लाहोर कलन्दर्स भिड्दैछन्।

फ्रेन्चाइज लिग आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले यूएईमा आजबाट प्रतियोगिताका बाँकी खेल सुरु गर्ने भएपछि स्लामावाद र लाहोर भिड्न लागेका हुन्।

प्रतियोगितामा स्लामावाद र लाहोरबाहेक सबै टिमले पहिलो लेगका खेल खेलिसकेका छन्। त्यसैले आजको खेल सकिएपछि दोस्रो लेग र प्लेअफका खेल बाँकी रहने छ।

गत फेब्रुअरी २० बाट सुरु भएर १४ खेल सम्पन्न भइसकेको पाकिस्तान सुपर लिग मार्च ४ मा अनिश्चतकालका लागि स्थगित भएको थियो। पीसीबीले आपतकालीन बैठक गर्दै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेपछि सो दिनको इस्लामावाद र लाहोरको खेल रोकिएको थियो।

प्रतियोगितामा सहभागी ६ खेलाडीमा कोरोना संक्रमण देखिएपछि प्रतियोगिता अनिश्चितकालसम्मका लागि स्थगित गरिएको थियो। सिजनका बाँकी खेल पाकिस्तानमा गराउन सम्भव नभएपछि पीएसएलका बाँकी खेल जुन ९ (आज) बाट यूएईमा सुरु गर्ने तयारी थालिएको थियो।

जुन ९ बाट प्रतियोगिता सुरु गरेर २४ जुनमा फाइनल खेल अबुधाबीमा गर्ने पीसीबीको योजना छ। ३४ खेलको प्रतियोगितामा अहिले २९ खेल बाँकी छन्। त्यसमा ६ दिन दुई खेल हुनेछन्, जसमा सुरुको खेल स्थानीय समयअनुसार साँझ ५ बजे र दोस्रो खेल ८ बजे हुनेछ।

पाकिस्तानबाट प्रतियोगिता खेल्नका लागि यूएई पुगेका खेलाडी र अफिसियलको क्वारेन्टिन अवधि जुन २ तारिकमा नै सकिएको छ। यसअघि प्रतियोगिता जुन ५ बाट सुरु गर्ने भनिए पनि स्थानीय सरकारले समयमै अनुमति नदिएपछि ढिलाइ भएको हो।

पीएसएलको फ्रेन्चाइज क्लब लाहोर कलन्दर्समा नेपाली खेलाडी सन्दीप लामिछाने बीचमा अनुबन्ध भए पनि रिटर्न लेगका लागि उनलाई क्लबले रिटेन गरेको थिएन।

प्रकाशित: Jun 09, 2021| 07:21 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।