मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभामा नगई सरकार बन्‍न सक्‍ने/नसक्ने जाँच गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई छैन : शम्भु थापा

प्रतिनिधिसभामा नगई सरकार बन्‍न सक्‍ने/नसक्ने जाँच गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई छैन : शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार बन्न सक्ने नसक्ने जाँच गर्ने प्रतिनिधिसभामा नगएर आफै निर्णय गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई नभएको जिकिर गरेका छन्।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार बन्न सक्ने नसक्ने जाँच गर्ने प्रतिनिधिसभामा नगएर आफै निर्णय गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई नभएको जिकिर गरेका छन्।

निवेदक शेरबहादुर देउवाको तर्फबाट बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्। 

‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर आफैले निर्णय गर्ने अधिकार कहाँ छ। प्रतिनिधिसभामा नगएर आफै निर्णय गर्ने अधिकार कसरी आयो,’ उनले भने,‘राष्ट्रपतिको कदम आफैले निर्णय गर्नु भएको छ। ५ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा अनि मात्र प्रतिनिधिसभा विघटन गर्न पाइन्छ।’

संविधानमा जे व्यवस्था राखि राखिएको हुन्छ त्यो प्रयोगका लागि राखिएको उनले बताए। १ सय ४६ जना सांसदहरु लाइन लागेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेरै रिट निवेदन दिएको अवस्थाले पनि विश्वासको मत रहे नरेको प्रष्ट हुने उनको भनाई छ। 

उनले अध्यादेशबाट बजेट ल्याउनका लागि नै प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे। ‘पहिलो कोभिडमा पनि विघटन दोस्रो लहर आउँदा पनि विघटन,’उनले भने,‘१४६ जना सांसदहरुको बहुमत सहित निवेदन परेकाले अन्तरिम आदेश जारी हुनुपर्छ।’

प्रकाशित: Jun 09, 2021| 07:03 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।