काठमाडौं- न्यायाधीश ईश्वर खतिवडाले बहस गर्न आएका वरिष्ठ अधिवक्ता शम्भु थापालाई अन्तरिम आदेश दिने आधार के भन्दै प्रश्न गरेका छन्।
थापाले बहस सुरु गर्न थालेपछि न्यायाधीश खतिवडाले त्यस विषयमा प्रष्ट पार्न पनि आग्रह गरेका हुन्।
‘विश्वासको मत नपाएर ७६(३) मा बनेको प्रधानमन्त्रीले कसरी पुनः प्रधानमन्त्रीमा नै रही रहन सक्छ,’ उनले भने, ‘न ७६(३) पछि विश्वासको मत लिएको छ। न राजीनामा नै दिएको अवस्था छ।’