काठमाडौं- संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलास गठन अन्तिम भएको भन्दै इजलासका विषयमा कसैलाई लफडा नगर्न निर्देशन दिएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको मुल विषयमा बहस प्रारम्भ गर्न निर्देशन दिदैं उनले यस्तो बताएका हुन्।
‘आधा घन्टा भन्दा दायाबाँया कुरा हुँदैन। कम समयमा सक्नुहुन्छ सम्मान गर्छौं। ३१ मिनेट पनि हुँदैन हामीले रोक्नु भन्दा अगाडि नै सक्नुहोला,’उनले भने,‘हिजो अस्ति उठाइएका विषयहरु हामीले बुझेका छौं। तीनलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने कुरा हामीलाई जानकारी नै छ।’
उनले केही उठान गरिएका प्रश्नहरुको उत्तर शब्दहरु, मौनताबाट पनि उत्तर हुने भन्दै उनले उत्तरै दिन नपर्ने कुरा हुन भने मौनताले बुझ्नुपर्छ शब्द खर्च गर्नु आवश्यक नभएको बताए। ‘यो नै बेन्च गठनको कुरा फाइनल हो। सहयोगको सबैले गर्नुस्,’उनले भने,‘अनावश्यक रुपमा विवादमा ल्याउने कुराहरु कसैले नगर्नुहोला। सच्चाउनुपर्ने कुरामा हामी पनि तयार छौं। भोली लेख्न पर्ने कुरा के लेख्ने हो लेखौंला यो नै फाइनल हो कुरो हो।’