मंगलबार, भदौ ९, २०८३

प्रतिनिधिसभा विघटनविद्धको मुद्दाको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा न्यायाधीशरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

आइतबार पछिल्लो बहस भएको थियो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएपछि दुईदिन सुनुवाइ स्थगित भएको थियो।

जेठ १४ गते पहिलो पटक संवैधानिक इजलास गठन गरेर सुनुवाइ थालिए पनि अहिलेसम्म मुल मुद्दामा बहस अघि बढ्न सकेको छैन।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन्। जेठ ८ गते बिहान सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन घोषणा गरेकी थिइन्।

प्रकाशित: Jun 09, 2021| 06:09 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।