मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थी संख्याको ७५ प्रतिशतलाई पुग्ने गरी निःशुल्क पाठ्यपुस्तक अनुदान निकासा

विद्यार्थी संख्याको ७५ प्रतिशतलाई पुग्ने गरी निःशुल्क पाठ्यपुस्तक अनुदान निकासा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निःशुल्क पाठ्यपुस्तक अनुदान स्थानीय तहलाई  निकासा गरेको जनाएको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निःशुल्क पाठ्यपुस्तक अनुदान स्थानीय तहलाई  निकासा गरेको जनाएको छ।

केन्द्रले विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत सार्वजनिक विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क पाठ्यपुस्तक अनुदान अन्तर्गत प्रतिविद्यार्थी लागतका आधारमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक अनुदान रकम व्यवस्थापन गर्ने/गराउने जनाएको छ। 

सोही सन्दर्भमा विद्यालयबाट यकिन भई आएको विद्यार्थी संख्याका आधारमा ७५ प्रतिशत संख्यालाई पुग्ने गरी निकासा दिएको सूचनामार्फत् जनाएको हो।

केन्द्रले दोस्रो चौमासिकभित्र विद्यालयलाई निकासा दिने र २०७८ वैशाखबाट सुरु हुने शैक्षिक सत्रको विद्यार्थी भर्नाको विवरण, पाठ्यपुस्तक खरिद र वितरण गरेको विवरणका आधारमा यकिन गरी नपुग हुने रकम चालु आर्थिक वर्षको असारभित्र थप अनुदान निकासा दिने जनाएको छ।

शैक्षिक सत्र असारदेखि प्रारम्भ हुने र त्यसपछि भर्ना भएका विद्यार्थीहरूको विवरण, पाठ्यपुस्तक खरिद र वितरणको अवस्था यकिन गरी नपुग हुने अनुदान रकम निकासाको प्रक्रिया अगाडि बढाउँदा चालु आर्थिक वर्ष समाप्त भइसक्छ। त्यसैले विद्यालयमा विद्यार्थी भर्ना भई संख्या यकिन हुन नसकेमा पहिलेको भर्ना संख्यालाई आधार मानी निःशुल्क पाठ्यपुस्तक बापतको शतप्रतिशत अनुदान विद्यालयमा निकासा दिई सबै बालबालिकाहरूका लागि निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने केन्द्रले निर्णय गरेको छ।

प्रकाशित: Jun 09, 2021| 05:54 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।