काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइका लागि आज संवैधानिक इजलास तोकिएको छ। सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलास नतोकेर सुनुवाइ स्थगित भएको थियो।
मंगलबार पनि उक्त मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास तोकिएको थिएन।
आजको सुनुवाइमा प्रश्न उठेका न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय पेस गर्ने तयारी गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन्। जेठ १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भए पनि अहिलेसम्म मुद्दाको मूल विषयमा बहस अघि बढ्न सकेको छैन।
रिट निवेदक पक्ष र सरकारी पक्षले इजलास गठनका विषयमा पटक-पटक मुद्दा उठाएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।