मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले नेता योगेश भट्टराई भन्छन्- एमाले एकताको मूल जड शीर्ष तीन नेता

एमाले नेता योगेश भट्टराई भन्छन्- एमाले एकताको मूल जड शीर्ष तीन नेता

नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताको मूल जड शीर्ष तीन जना नेता नै रहेको बताएका छन्।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताको मूल जड शीर्ष तीन जना नेता नै रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता भट्टराईले यस्तो बताएका हुन्।

‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,’उनले लेखेका छन्,‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’

उनले एमाले एकताको समस्याको मुल जड नै यही रहेको भन्दै कसले, किन र के का लागि गर्दैछ यो सब भन्दै प्रश्न गरेका छन्। 

‘यस बिषयमा कमरेडहरू बिचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ,’उनले भनेका छन्।

प्रकाशित: Jun 09, 2021| 03:24 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।