मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस युवा नेताहरूको प्रयासमा नि:शुल्क खाना वितरण

कांग्रेस युवा नेताहरूको प्रयासमा नि:शुल्क खाना वितरण

नेपाली कांग्रेशका युवा नेताहरूले निषेध आदेशमा समस्यामा परेका नागरिकहरूलाई खाना खुवाउने काम गरिरहेका छन्।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- नेपाली कांग्रेशका युवा नेताहरूले निषेध आदेशमा समस्यामा परेका नागरिकहरूलाई खाना खुवाउने काम गरिरहेका छन्। काठमाडौं नयाँबसपार्क र माछापोखरि क्षेत्रमा नि:शुल्क रुपमा युवाहरूले खाना वितरण गरिरहेका हुन्।

भर्खरै मात्रै हृदयघातको अपरेसनपछि स्वास्थ्य लाभ गरेका कांग्रेस युवा नेता भुपेन्द्रजङ शाही, नेताहरू ऋषि कोइराला, सुमन गिरी, सुबास कट्टेलले नि:शुल्क खाना वितरण गरिरहेका हुन्।

पहिलो लकडाउनको समयमा काठमाडौं, कर्णाली र देशका विभिन्न स्थानमा समस्यामा परेका नेता शाही गत फागुनमा हृदयघातपछि अस्पतालमा भर्ना भएका थिए। केही महिना आराम गर्न डाक्टरहरूले परामर्श दिएको भए पनि महामारीमा घरमै बस्न मनले नदिएकाले सेवामा खटिएको उनले बताएका छन्। 

सात दिनदेखि निरन्तर खाना खुवाउँदै आएको उनले बताएका छन्। उनले आजसम्म २५ सय भन्दा बढी व्यक्तिलाई भोजन गराइसकेको बताउँछन्।  उनले निषेधाज्ञा अवधिभर अभियानलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित: Jun 09, 2021| 03:15 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।