मंगलबार, भदौ ९, २०८३

चियाकफी बढी पिउनेलाई अन्धोपनको जोखिम

कफी, चिया, इनर्जी ड्रिङ्‍क र क्याफिन युक्ट इनर्जी ट्याब्लेटको सेवन आँखाका लागि निकै हानिकारक हुन्छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

प्राय कामको थकान र टाउको दुखाइबाट छुट्कारा पाउनका लागि मानिसले चिया पिउन खोजिरहेका हुन्छन्। चिया पिउँदा केही समयमै शरीरमा स्फुर्ति पैदा हुन्छ। तर, मानिसले दिनमा कति पटक चिया पिउने भन्ने कुरामा ध्यान दिनुपर्छ। दिनमा अधिक चिया पिउने बाँनी भए त्यसले शरीरमा नकरात्मक असर पुर्‍याउने कुरामा ध्यान दिनुपर्छ। चिया कफिमा अधिक मात्रामा क्याफिन हुन्छ। यसको धेरै सेवनले अन्धोपनको जोखिम हुन्छ।

कफी, चिया, इनर्जी ड्रिङ्‍क र क्याफिन युक्ट इनर्जी ट्याब्लेटको सेवन आँखाका लागि निकै हानिकारक हुन्छ। अमेरिकामा वैज्ञानिकहरूले गरेको एक अध्ययनले  क्याफिनको बढी सेवन गर्ने मानिसमा यस्तो समस्या पाएको निष्कर्श निकालेको थियो ।

माउथ सिनाईस्थित आइकन स्कुल अफ मेडिसिनको नेतृत्वमा गरिएको एक वैज्ञानिक अध्ययनले वंशाणुगत रुपमा आँखाको समस्या भएका मानिसमा यस्तो क्याफिनको सेवनले झन चाडो क्षति पुर्‍याउँछ। त्यस्ता मानिसले दिनहुँ अधिक मात्रामा क्याफिनको सेवनले ग्लुकोमाको खतरा हुन्छ। अमेरिकामा ग्लुकोमालाई अन्धोपनको सबै भन्दा प्रमुख कारण मानिएको छ। ग्लुकोमाले आँखाको अप्टिक तन्त्रिकामा क्षति पुर्‍याइरहेको हुन्छ। यो तन्त्रिकाले मस्तिस्कसम्म तस्बिरलाई पुर्‍याइरहेको हुन्छ।

वैज्ञानिकका अनुसार जुन मानिसमा ग्लुकोमामा अनुवांशिक आशंका बढी हुन्छ उनमा क्याफिनका कारण आँखामा दबाव अन्य मानिस भन्दा बढी हुन्छ। मानिसले प्रतिदिन ४८० मिलिग्राम भन्दा बढी क्याफिनको सेवन गर्नु हुँदैन।

वंशाणुगत आँखाको जोखिम भएका मानिसमा अन्य मानिसको तुलना चियाकफिको सेवन घातक हुने भएकाले ३२१ मिलिग्राम भन्दा बढी क्याफिनको सेवन ३.९ गुणा बढी जोखिमपूर्ण हुन्छ।

अध्ययनका सहअध्ययता एन्थनी ख्वाजाले ग्लुकोमाका रोगीले जीवनशैलीमा परिवर्तन ल्याएर आफ्नो दृष्टि बनाउन सकिन्छकीनाइ भनेर सोधिरहेका हुन्छन्। यसको अहिलेसम्म कुनै प्रस्ट जवाफ छैन। तर, ग्लुकोमको अनुवांशिक जोखिम भएका मानिसले क्याफिनको सेवन कम गर्नुपर्छ। 

ग्लुकोमाका विरामीमा आम रुपमा कुनै लक्षण देखिँदैन। तर, बिरामी निकै बढेपछि भने यसको लक्षण देखिन्छ। त्यसैले आँखाको समस्या भएका मानिसले पटक-पटक जाँच गरिराख्नुपर्छ। यसका अलावा नियमित रुपमा व्यायाम गर्दा पनि ग्लुकोमालाई रोक्न सकिन्छ। उचित व्यायामका बारेमा बुझ्नका लागि चिकित्सकसँग परामर्श गर्नुपर्छ।

प्रकाशित: Jun 09, 2021| 02:31 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।