मंगलबार, भदौ ९, २०८३

लिथुनियाविरुद्ध स्पेन यू-२१ टिमको सानदार जित

स्पेनको यू–२१ टिमले घरेलु मैदानमा ​लिथुनियाविरुद्ध सानदार जित निकालेको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- स्पेनको यू–२१ टिमले घरेलु मैदानमा ​लिथुनियाविरुद्ध सानदार जित निकालेको छ। स्पेनका कप्तान सर्जियो बस्क्वेटलाई कोभिड-१९ संक्रमण देखिएपछि उमेर समूहको टोली उतारिएको भए पनि उसले लिथिुनियाको सिनियर टिमविरुद्ध ४–० गोलको जित निकालेको हो।

स्पेनको जितका लागि ह्युगो गुलियमोन, ब्राहिम, जुहम मिरान्डा र पौडोले गोल गरेका थिए। खेलको तेस्रो मिनेटमा गुलियमोनले गोल गरेपछि स्पेनले अग्रता लिएको थियो।

२४ औं मिनेटमा अर्को गोल थपेपछि स्पेन लिथुनिया माथि हाबी भयो। तर, ३० औं मिनेटमा पेनाल्टीको अवसर पाए पनि अबेल रुइजले त्यसको सदुपयोग गर्न सकेनन्।

यता, दोस्रो हाफको ५४ औं मिनेटमा मिरान्डाले र ७३ औं मिनेटमा पोउडाले गोल गर्दै स्पेनलाई ४-० गोलको जित दिलाए।

स्पेनले सानदार जित निकालेको मैत्रीपूर्ण खेलमा ६४ प्रतिशत समय बलमा पकड बनाएको थियो भने १५ पटक लिथुनियाको पोस्टतर्फ प्रहार गरेको थियो।

प्रकाशित: Jun 09, 2021| 00:50 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।