मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे चार घण्टाको छलफलपछि सुवास नेम्वाङले भने– पार्टी एकता जोगाउनुपर्छ भन्ने धारणा सबैको छ

साढे चार घण्टाको छलफलपछि सुवास नेम्वाङले भने– पार्टी एकता जोगाउनुपर्छ भन्ने धारणा सबैको छ

नेकपा एमालेको विवाद मिलाउन जुटेका दोस्रो तहका नेताहरुबीचको छलफल सकिएको छ। ललितपुरको एक होटलमा करिब साढे ४ घण्टा छलफल गरेर नेताहरु निस्किएका छन्। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं– नेकपा एमालेको विवाद मिलाउन जुटेका दोस्रो तहका नेताहरुबीचको छलफल सकिएको छ। ललितपुरको एक होटलमा करिब साढे ४ घण्टा छलफल गरेर नेताहरु निस्किएका छन्। 

होटलबाट बाहिरिने क्रममा केपी ओली पक्षका नेता सुवास नेम्वाङले पार्टी एकताको लागि छलफल र वार्ता जारी रहेको प्रतिक्रिया दिए। ‘पार्टी एकताको पक्षमा हामीबीच निरन्तर छलफल चलिरहेको छ। यो जारी रहन्छ। पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने नै सबैको धारणा रहेको छ,’ उनले भने।

माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि पार्टी एकतालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा नै आज छलफल भएको बताए। ‘सबैको धारणा एकतालाई जोगाउने भन्ने नै छ,’ उनले भने।

छलफलमा संस्थापन अर्थात् केपी ओली पक्ष र असन्तुष्ट समूहका दोस्रो तहका नेताहरु सहभागी छन्। बैठकमा संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाललगायत नेताहरुको सहभागिता थियो।

अध्यक्ष केपी ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै ०७५ जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अस्वीकार गरेको छ।

प्रकाशित: Jun 08, 2021| 15:55 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।