मंगलबार, भदौ ९, २०८३

चालक सिटमा बेहाेस भेटिएका ढकाल कहिल्यै नफर्किने भए

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार चालक सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो। उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनासाथ चिकित्कसले मृत घोषित गरेको राईले बताए। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

विराटनगर- सरकारी गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको छ। आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई मंगलबार दिउँसो ३ बजेतिर बेहोस अवस्थामा फेला पारिएको थियो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार चालक सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो। उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनासाथ चिकित्कसले मृत घोषित गरेको राईले बताए। 

गाडीको झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा चालक ढकाल विराटनगर महानगरपालिका–३ मा बेहोस भेटिएका थिए। घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास अगाडि पर्छ। 

डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालय प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ गएको पाइएको प्रहरीले जनाएको छ। 

उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्दै आएका थिए। डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालय प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ गएको पाइएको प्रहरीले जनाएको छ। 

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकाल मन्त्रालयकै क्वार्टरमा बस्छन्। उनले आफूलाई लिन आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खबर आएको र हेर्न जाँदा मृत्यु भएपछि आफूले भेटेको जानकारी दिए। अस्पतालले भने सबै सीसाहरु बन्द गरिएका कारण गाडीभित्र अक्सिजनको आपूर्ति रोकिएर श्वास फेर्ननसक्दा चालकको मृत्यु भएको हुनसक्ने जनाएको छ। 

प्रकाशित: Jun 08, 2021| 15:53 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।