मंगलबार, भदौ ९, २०८३

रेड पान्डाको छालासहित युवक पक्राउ 

कैलालीको गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वन क्षेत्रबाट धामीलाई रेड पान्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

धनगढी- विश्वमै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु मानिने रेड पान्डा (हाब्रे)को छालासहित कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको वित्थड गाउँपालिका-५, देउलेखका २३ वर्षीय अमर धामी छन्।

कैलालीको गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वन क्षेत्रबाट धामीलाई रेड पान्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

छाला बोकी लैजाँदै गरेको सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई छालासहित पक्राउ गरेको हो। धामीलाई आवश्यक कारबाहीका लागि सब-डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको छ। 

२ हजार मिटरभन्दा बढी उचाइमा पाइने रेडपान्डा निकुञ्ज ऐनले संरक्षित गरेको वन्यजन्तु हो। रेड पान्डा साइटिसको अनुसूची-१ र आइयुसिएनको रातो किताबमा अति सङ्कटापन्न सूचीमा सूचीकृत छ। 

नेपाल सरकारले रेड पान्डा नेटवर्कको सहयोगमा गरेको पछिल्लो सर्वेक्षणले नेपालको २३ जिल्लामा पाइने रेड पान्डा पाइने उल्लेख गरेको छ। रेड पान्डा नेटवर्कको अध्ययनले नेपालको पश्चिमी क्षेत्रमा रेड पान्डा (हाब्रे)को बासस्थान बढी रहेको पहिचान गरेको हो।

प्रकाशित: Jun 08, 2021| 14:42 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।