मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डेरामा सँगै बस्ने साथीको हत्या आरोपमा एक जना पक्राउ 

डेरामा सँगै बस्ने साथीको हत्या आरोपमा एक जना पक्राउ 

विगत १ महिनादेखि कैलालीको लम्कीचुहा नगरपालिका–२, मोतीपुरस्थित पदमबहादुर बुढाको घरमा डेरामा बस्दै आएका दैनिक ज्याला मजदुरी गर्दै आएका बुढाथोकीको हत्या गरेर फरार रहेका बस्नेतलाई लम्कीस्थि वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा मंगलबार पक्राउ गरेको हो। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

धनगढी- डेरामा सँगै बस्दै आएका साथीको हत्या आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अन्दाजी ३६ वर्षीय विशाल बुढाथोकीको हत्या आरोपमा कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ३९ वर्षीय सोमबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

विगत १ महिनादेखि कैलालीको लम्कीचुहा नगरपालिका–२, मोतीपुरस्थित पदमबहादुर बुढाको घरमा डेरामा बस्दै आएका दैनिक ज्याला मजदुरी गर्दै आएका बुढाथोकीको हत्या गरेर फरार रहेका बस्नेतलाई लम्कीस्थि वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा मंगलबार पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार २३ गते बेलुका मृतक र बस्नेत स्थानीय बजार र डेरामा घरेलु मदिरा सेवन गरेका थिए। उनीहरूबीच विवाद हुँदा कोठामा रहेको फलामको कर्नीले टाउँकोमा हिर्काउदा बुढाथोकीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विष्टले बताए। 

२४ गते बुढाथोकीको शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा फरार रहेका बस्नेतलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Jun 08, 2021| 14:27 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।