बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से ऐतिहासिक उचाइमा पुगेपछि धितोपत्र बोर्डले भन्यो- सचेत भएर लगानी गरौँ

नेप्से ऐतिहासिक उचाइमा पुगेपछि धितोपत्र बोर्डले भन्यो- सचेत भएर लगानी गरौँ

‘बजारको सिद्धान्तअनुसार घटबढ पनि हुन्छ, जोखिम पनि हुन्छ, जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई आग्रह गर्दछौँ,' बोर्डले आफ्नो वार्षिकोत्सवकै दिनमा एक विज्ञप्ति जारी भनेको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- पुँजीबजार सूचक नेप्से ऐतिहासिक उचाइमा पुगेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गरी सेवोनले जोखिम बहन गर्न सक्नेगरी मात्र लगानी गर्न भनेको हो। 

‘बजारको सिद्धान्तअनुसार घटबढ पनि हुन्छ, जोखिम पनि हुन्छ, जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई आग्रह गर्दछौँ,' बोर्डले आफ्नो वार्षिकोत्सवकै दिनमा एक विज्ञप्ति जारी भनेको छ।

त्यस्तै सेबोनले सेयर बजारका लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा कसैको लहैलहैमा नलागी सम्बन्धित क्षेत्र उद्योग/कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्न भनेको छ। 

पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबारको वृद्धिसँगै सेयर कर्नरिङ, सर्कलुर ट्रेडिङ भएका गुनासा आइरहेको र बोर्डले यस सम्बधमा अध्ययन सुरु गरेको पनि जनाएको छ। 

त्यस्तै, बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ ले वर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सवैलाई सजग पनि गराएको छ। ऐनमा कुनैपनि कम्पनीको सूचना चुहाएर बजारलाई प्रभावित पार्न नहुने  व्यवस्था छ। 

लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संस्थाको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रतिसेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मुल्य आम्दानी अनुपात, कितावी मुल्यमा बजार मुल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मुल्यसम्बन्धी प्राविधक विश्लेषण संस्थागत सुशासनको अवस्थालाई समेत मूल्यांकन गरी लगानी गर्न सुझाएको छ। पछिल्लो समयमा सेयर बजार अस्वाभाविक रूपमा बढेको भन्दै बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको हो।

मंगलबार ५३ अंकको उचाइ लिँदै नेप्से २९६० अंकको बिन्दुमा पुगेको छ। यो हालसम्मकै सर्वाधिक उच्च बिन्दु हो। 

No description available.

प्रकाशित: Jun 08, 2021| 14:13 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्