मंगलबार, भदौ ९, २०८३

पार्टी एकतामा ओलीको प्रयत्न इमानदार देखिएन : वामदेव

एमाले नेता वामदेव गौतमले पार्टी एकतामा अध्यक्ष केपी शर्मा ओलीको प्रयत्न इमानदार नदेखिएको प्रतिक्रिया दिएका छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं– एमाले नेता वामदेव गौतमले पार्टी एकतामा अध्यक्ष केपी शर्मा ओलीको प्रयत्न इमानदार नदेखिएको प्रतिक्रिया दिएका छन्। पार्टी एकताका लागि ओलीले गरेको ६ बुँदे प्रस्तावका सम्बन्धमा पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिका सदस्यहरुबीच छलफलपछि यस्तो निष्कर्ष निकालेको गौतमले विज्ञप्तिमार्फत जनाएका हुन्।

गौतमले भनेका छन्, ‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंशालगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बाबजुद बुँदा न. १ मा ‘नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ’ भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ। तर सोही बुँदामा एकताको पक्षमा उभिएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित छ। त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने हो जसलाई इमानदार एकताको प्रयत्न मान्न सकिन्न।'

गौतमले २०७५ जेठ २ गते कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई  उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न विषयमा छलफल गरी सही मार्गदर्शन गर्न जोड दिएका छन्। 


 

प्रकाशित: Jun 08, 2021| 13:54 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।