मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको जन्मस्थल हुँदै मदन भण्डारीको जन्मस्थल जाने सडक कालोपत्रे गर्ने तयारी

ओलीको जन्मस्थल हुँदै मदन भण्डारीको जन्मस्थल जाने सडक कालोपत्रे गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुम आठराईको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

ताप्लेजुङ- तेह्रथुमको सुकेपोखरीदेखि स्व. मदनकुमार भण्डारीको जन्मघर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ७० करोड रुपैयाँको ठेक्का आह्वान गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुम आठराईको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो। नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारीको जन्मघरदेखि निगुरादिन र हाम्पाङ खण्डमा ८ किलो मिटर पहिलो चरणमा कोलोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी  इन्जिनियर माधव पौडेलले जानकारी दिए। 

यस्तै ताप्लेजुङको सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्रे हुने भएको छ। मन्त्रालयले पाथीभरा क्षेत्रको लागि ९५ करोडको ठेक्का आह्वान गरेको छ।

प्रकाशित: Jun 08, 2021| 13:37 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।