मंगलबार, भदौ ९, २०८३

प्रहरी पोस्ट तोडफोड गर्ने ५ जना पक्राउ 

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बू, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बू छन्। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

धरान- धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोस्ट तोडफोड गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बू, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बू छन्। 

उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका-५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी-४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो। 

जेठ १३ गते प्रहरी पोस्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी ब्युरोसमेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो। 

उनीहरुविरुद्ध जिल्ला अदालत सुनसरीमा ज्यान सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: Jun 08, 2021| 12:01 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।