बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ऐतिहासिक उचाइमा नेप्से, पुनर्बिमा कम्पनीको मात्रै १ अर्बको कारोबार

ऐतिहासिक उचाइमा नेप्से, पुनर्बिमा कम्पनीको मात्रै १ अर्बको कारोबार

नेपाल पुनर्बिमा कम्पनीको मात्र १ अर्ब ६ करोड ६४ लाखभन्दा बढीको कारोबार भएको छ। पुनर्बिमा कम्पनीको अन्तिम बजार मूल्य १९७७ रुपैयाँ छ। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- मंगलबार पुँजीबजार सूचक नेप्सेले ऐतिहासिक उचाइ प्राप्त गरेको छ।  ५३ अंकले बढेर नेप्सले २९६० बिन्दुको ऐतिहासिक उचाइ चुमेको हो। 

मंगलबार १६ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। मंगलबार कुल २१८ कम्पनीका १ लाख ४९ हजार ७०८ पटकमा ३ करोड ५७ लाख ३७४ कित्ता सेयर किनबेच भयो। 

नेपाल पुनर्बिमा कम्पनीको मात्र १ अर्ब ६ करोड ६४ लाखभन्दा बढीको कारोबार भएको छ। पुनर्बिमा कम्पनीको अन्तिम बजार मूल्य १९७७ रुपैयाँ छ। 

मंगलबार ३० भन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। मुक्तिनाथ विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, जानकी फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। 

यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। विकास बैंकको परिसूचक सर्वाधिक ९.०४ प्रतिशत बढेको छ भने होटल, लगानी र माइक्रोफाइनान्सका उपसूचक भने घटेका छन्। 

प्रकाशित: Jun 08, 2021| 11:35 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्