सोमबार, असार २९, २०८३

मोरक्कोको आत्मघाती गोलमा इरान विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस - विश्वकप फुटबल अर्न्तगत शुक्रबारको दोस्रो खेलमा मोरक्कोले गरेको आत्मघाती गोलले इरान विजयी भएको छ । 

मोरक्कोका खेलाडीले गरेको आत्मघाती गोलको मद्दतमा इरान विजयी भएको हो । थपिएको ६ मिनेटको अन्तिम समयमा मोरक्कोका २० नम्बर खेलाडी इजज वोउहद्‍जले आत्मघाती गोल गरेपछि इरान विजयी भएको हो । 

यो जितसँगै इरानले महत्वपूर्ण ३ अकं बटुलेको छ । निकै घम्साघम्सी रहेको खेलमा दुवै टोलीले ९० मिनेटसम्म कुनै गोल गर्न सकेका थिएनन्। अन्तिममा थपिएको पाँचौं मिनेटमा मोरक्कोले गोलको उपहार दिएपछि इरानको यात्रा सहज बनेको हो । 

निकै रफ खेलेका दुवै टोलीका खेलाडीले पँहेलो कार्ड पाएका थिए । जसमा इरानका तीन खेलाडी र मोरक्कोका एक जनाले पँहेलो कार्ड पाएका हुन् । 

खेलका क्रममा मोरक्कोले २२ फल गरेको हो भने इरानले १४ फल गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।